अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१ धनगढीरोड अत्तरियामा काष्ठ तथा स्टिल फर्निचरका सामानहरू पाइने उद्योग सञ्चालनमा आएको छ । आधुनिक डीजाइन भएको आकर्षक गुणस्तरको फर्निचरहरु पाइने नितिन काष्ठ तथा स्टिल फर्निचर नामक फर्निचर सञ्चालनमा आएको हो ।
उक्त स्टिल तथा फर्निचर उद्योग को उद्घाटन पूजा गरी सञ्चालनमा ल्याइ बिक्री वितरण सुरु गरिएको संचालक तुलाराम बोहराले बताए ।
करिब २५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको नितिन काष्ठ तथा स्टिल फर्निचर यस क्षेत्रमा ग्राहकको चाहनाअनुसारको आधुनिक डिजाइनका फर्निचरहरु रेडीमेट पाइनुका साथै गुणस्तररिय सामग्रीहरु रहेको संचालक बोहराले बताए । यस शोरुममा उपलब्ध हुने काष्ठ तथा स्टिल फर्निचरहरु आफ्नै उद्योगमा स्वदेशी तथा विदेशी डिजाइन द्वारा उत्पादन गरी उक्त बिक्री गरिने संचालक बोहरा ले जानकारी दिए ।
संचालक बोहराले यस नितिन काष्ठ तथा स्टिल फर्निचर मा उत्पादित गुणस्तरिय फर्निचरहरु घरायसी तथा अफिसयल प्रयोजनका लागी चाहिने सम्पूर्ण डेकोरेशनका फर्नीचर सामग्रीहरू सुपथ मूल्य मा पाइने संचालक बोहराले बताए ।