बैतडीमा युवायुवती एकैसाथ झुण्डिएको अवस्थामा मृत फेला

बैतडी, ३ भदौ : बैतडीमा एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका–५ का २१ वर्षीय केशव दमाई र १८ वर्षीया रमिता विक रहेका बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।
उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मृतक दुवैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइदैछ। मृतक दुवैजना अविवाहित रहेका र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.