अत्तरियामा गौरा तथा तीज विशेष कार्यक्रम

अत्तरिया, ४ भदौ : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा गौरा तथा तीज विशेष कार्यक्रम सुरु भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सभामुखको अर्जुनबहादुर थापा प्रमुख अतिथि रहेका थिए ।
हिन्दुहरुको महान चाड गौरा पर्व तथा हरितालिका तीजको अवसरमा आयोजना गरिएको उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकबहादुर रैका, प्रदेशकै पुर्व सामाजिक विकास मन्त्री कृष्ण राज सुवेदी, गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया लगायतको सहभागिता रहेको थियो ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रिय समिति अत्तरिया कैलालीको आयोजनामामा सुरु भएको कार्यक्रमको सह आयोजक सामाजिक विकास कार्यालय सुदूरपश्चिम रहेको छ भने मुख्य प्रवर्धक सत्यवती एकेडेमी अत्तरिया रहेको हो ।
राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान केन्द्रिय अध्यक्ष लिलाधर बास्कोटाको अध्यक्षतामा संचालन भइरहेको उक्त कार्यक्रममा गौरा प्रदर्शनी, तीज गित प्रतियोगिता लगायतका बिभिन्न सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम हुने छन् । कार्यक्रमको आकर्षकको रुपमा रहेको तीज गित प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितिय हुनेलाई ३ हजार र तृतिय हुनेलाई २ हजार दिइने जनाइएको छ । कार्यक्रमको व्यवस्थापन थ्रिडिभिएल अत्तरियाले गरेको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.