डडेल्धुरा : डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकामतर्फ आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्ग अन्तर्गत ऐर गाउँको सल्लाघारी मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ८ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । घाइतेहरुको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । आइतबार दिउँसो साढे १ बजेतिर जिप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाएको छ ।