डडेल्धुरामा भएको जिप दुर्घटनाका घाईते सबैको पहिचान खुल्यो
अत्तरिया, ५ भदौ : डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । घाईते सबैको पहिचान खुलेको छ । आइतबार दिउँसो डोटीको दीपायलबाट डडेल्धुरा तर्फ आइरहेको से १ ज ५०४ नम्बरको जिप ऐरीगाउँ मोडमा दुर्घटनामा परेको हो । प्रहरीले दिएको जानकारी अनुसार घाइते हुनेमा अमरगढी नगरपालिका वडा नम्बर १ का कृष्ण सार्की, वडा नम्बर ११ का डम्मरबहादुर दमाई, गन्यापधुरा वडा नम्बर ३ का बाटु भुल, गन्यापधुरा वडा नम्बर २ की चित्रा मल्ल र नवदुर्गा गाउँपालिका वडा नम्बर ३ की शारदा पन्त (उप्रेती) रहेका छन् ।
यस्तै गन्यापधुरा वडा नम्बर २ का पशुपति मल्ल र जिप चालक जनक मल्ल पनि घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।