बनखेतमा सञ्चालन भएको निःशुल्क कानको शल्यक्रिया शिबिर सम्पन्न

अत्तरिया, ५ भदौ : इम्प्याक्ट नेपालको आयोजना र सि.बि.एमको आर्थिक सहयोगमासाउन ३१ गते देखि भाद्र ५ गते सम्म सञ्चालन भएको कानको निःशुल्क शल्यक्रिया शिबिर सम्पन्न भएको छ ।
शल्यक्रिया टिचिङ हस्पिटल काठमान्डौका नाक, कान रोग विभागका डाक्टर हिमपाली दत्त र सुष्मा भट्चन तथा इम्प्याक्ट नेपालका टिमबाट गरीएको हो । शिविर अवधीमा सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट करिब ६ सय जनाले ओ.पि.डि सेवा तथा ७४ जनाले कानको निःशुल्क शिबिरबाट लाभान्वित भएका छन् ।
आर्थिक समस्याका कारण अन्य अस्पतालमा उपचार गर्न नसक्तदा लामो समय देखि कानको समस्या झेल्दै आएको दार्चुला घर भएकी सेवा ग्राहीं कमला महराले बताइन । उनले भनीन्, इम्प्याक्ट नेपालले सञ्चालन गरेको निःशुल्क शिबिरले आज नया जिन्दगी पाए जस्तै छु,म जस्ता भेरै जनाका लागी निःशुल्क शिविर अवसर बनेको छ ।’
इम्प्याक्ट नेपालले बिगत साढे ४ बर्ष देखि सुदूरपश्चिम क्षेत्रमा अपागंताको क्षेत्रमा तथा बहिरोपना रोकथामका लागि काम गर्दै आइरहेको हो । इम्प्याक्ट नेपाल कान उपचार केन्द्रको रुपमा गोदावरीको, बनखेतमा स्थापित भई कान सम्बन्धि सम्पुर्ण उपचार गर्दै आई रहेका इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाका परियोजना अधिकृत रामबहादुर बोगटीले बताए । उनले हाल सम्ममा ३४१ जनाको निशुल्क कानको शल्यक्रिया, २१६ जना बहिरोपनाको समस्या भएको अप्रेशन गरि श्रवण यन्त्र मेशिन जोडिएको बताए । अहिले सम्म करिब २१,७०० जनालाई कान उपचार केन्द्रबाट सेवा प्रदान गरिएको उपचार केन्द्रका अधिकृत बोगटीले बताए ।
उनका अनुसार इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाले अपांगता परिचय पत्र बितरण सहजताको लागी निःशुल्क सुनाइ क्षमताको जाँच, निःशुल्क कान चेक जाँच घुम्ती शिबिर सञ्चालन गदै आएको छ । त्यस्तै सरकारी स्वास्थ्यकर्मीहरुलाइ कान चेक जाँच सम्बन्धी अभिमुखिकरण कार्यक्रम तथा कान चेक जाँच सम्बन्धी उपकरण सहित १ महिने आधारभुत अटोलोजी तालिम, कान स्वास्थ्य सम्बन्धि विद्यार्थी तथा महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाई अभिमुखीकरण कार्यक्रम लगायत परियोजना क्षेत्रमा स्थानीय पालिकाहरु संगै अपांगता संम्बन्धित कार्यक्रम संञ्चालन गर्दै आईरहेको उनले बताए । कानको अप्रेशन गर्नु पर्ने बिरामी मध्यनजर गर्दै कार्तिक तेस्रो हप्ता सम्म पुनः निःशुल्क शल्यक्रिया शिबिर सञ्चालन गरिने योजना रहेको परियोजना अधिकृत बोगटीले जानकारी दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.