धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

अत्तरिया : कैलालीको धनगढीमा गाईसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत राजपुरमा मोटरसाइकल गाईसँग ठोक्किदा दुई जना घाइते भएका थिए। अत्तरियाबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१०११ प ३८१६ नम्बरको मोटरसाइकल गाईसँग ठोक्किएको हो। दुर्घटना परि गाई मरेको छ।

घाइतेमध्ये मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने ३० वर्षीय गंगा बोगटीको मृत्यु भएको छ। उनको उपचारको क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

यस्तो सोही मोटरसाइकलमा सवार गंगाकी श्रीमती शुशिला शर्मा घाइते छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.