उच्च रक्तश्रावका कारण स्वास्थ्यकर्मीको मृत्यु

अत्तरिया, ८ भदौ : डोटीमा उच्च रक्तश्रावका कारण एक सुत्केरी स्वास्थ्यकर्मीले ज्यान गुमाएकी छिन्। आदर्श गाउँपालिका–६ गिरिचौकाकी ३२ वर्षीया अनमि जानकी खडायतको ज्यान गएको हो। बुधवार राती उनको जिल्ला अस्पताल डोटीमा मृत्यु भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले जानकारी दिए । अस्पताल पुगेको १० मिनेटमै उनले मृत बच्चा जन्माएकी थिइन्।
मृत बच्चा जन्माएकी उनको उच्च रक्तश्रावका कारण मृत्यु भएको डाक्टर शाहले बताए। उपचारमा संलग्न डाक्टरका अनुसार उनको पेटमा भएको बच्चा दुई तिन दिन अगाडी नै मरिसकेको थियो। उनी गिरिचौका स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत थिइन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.