अत्तरिया, ९ भदौ : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना विद्यालय ब्यबस्थापन समितीको अध्यक्षमा गणेश शाह चयन भएका छन । बिहीवार बसेको समितीको बैठकले शाहलाई अध्यक्ष चयन गरेको हो । समितिका ७ जना सदस्यहरुले शाहलाई समर्थन गरेका हुन ।
शाहलाई नगरपालिकाले समितिको सदस्यमा मनोनित गरेको थियो । तर, समितिका एक जना सदस्य राजेन्द्र खड्काले भने असहमती जनाएका छन । खड्काले उपस्थितिमा हस्ताक्षर गरेपनि निर्णयमा हस्ताक्षर गरेका छन । अध्यक्षमा रेसमा शुरु देखि नै शाह र खड्का थिए । दुबै जना काँग्रेस समर्थक हुन ।
काँग्रेस भित्रको आन्तरिक कलहको कारण समितिले लामो समय देखि अध्यक्ष पाउन सकेको थिएन । यस्तै समितिको सदस्यहरुमा लक्ष्मी देबी बोहरा , राजेन्द्र बहादुर खड्का, यज्ञराज भाट,लोकेन्द्र धामी ,देबराज भट्ट,लक्ष्मी कुमारी बोहरा चयन भएका छन ।
सम्बन्धित पाेस्टहरु