कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

अत्तरिया : कञ्चनपुरमा सोमबार बेलुका जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका– ७ सिमलफाटामा जंगली हात्तीको आक्रमणमा परेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय (कञ्चनपुर) का प्रहरी निरीक्षक भरत गिरीले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा सिमलफाँटाका कालुराम जोशीकी २२ वर्षीया मीना जोशी रहेकी छन्। खेतमा काम गर्ने समयमा हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। घटनाको मुचुल्का उठाएर शव परीक्षणका राति नै महाकाली प्रादेशिक अस्पताल लगिएको थियो। घर नजिकै हात्ती देखेपछि भाग्ने क्रममा हात्तीको आक्रमणमा परेर उनले ज्यान गुमाएकी हुन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.