अत्तरिया : कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानी बजारबाट १० जना जुवा खेलाडी पक्राउ परेका छन्। सोमबार राति साडेपानी बजारको एक होटेलमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले खान तलासी गर्दा ८८ हजार नगद, ६ वटा मोटरसाइकल बरामद गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । पक्राउ परेकाहरू साडेपानी, बौनिया, लम्की र बर्दियाका रहेको बताइएको छ। उनीहरूमाथि म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु