बझाङ : बझाङमा जीपले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका-९ घर भएका ६० वर्षका गगन ओखेडाको छन्।
जिल्लाको केदारस्युँ गाउँपालिका-१ देउरा बजारबाट बाग्थलातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश०१००च २६९० नम्बरको जीपले देउरा बजारमा पैदल हिँड्दै गरेका ओखेडालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ओखेडाको घटनास्थलमै मृत्यु भएको अस्थाई प्रहरी पोष्ट बाग्थलाले जानकारी दिएको छ। चालक बुंगल नगरपालिका-६ बस्ने दीपेन्द्र धामी फरार भएका छन्। घटनास्थलमा प्रहरी पुगेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए।