अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले सडक अतिक्रमण हटाउन ७ दिने सूचना जारी गरेको छ । छ । गोदावरी नगरपालिकाले आज बिहिबार एक सूचना जारी गर्दै नगर भित्रका मूख्य सडक तथा सहायक सडकहरुको छेउमा राखेका निर्माण सामग्रीहरुका साथै पसल, फुटपात पेटी किनारामा निर्माण गरिएका टिनको छानो र सडकपेटीमा राखिएका मालसमान हटाउन सूचना प्रकाशन गरेको हो ।
सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै शुक्रबार देखि ७ दिन भित्रमा सडक खालि गराउन नगरपालिकाले आग्रह गरेको छ । यसका साथै गोदावरी नगरपालिकाले सडकपेटिमा ठेलागाडा नराख्न पनि अनुरोध गरेको छ । बजारमा रहेका ठेलागाडाहरु ल्याउँदा र लैजादा बाहेकको समयमा सडकपेटीमा राखी व्यापार गरेको पाइएमा ठेलागाडाहरुको माल समान जफत गरिने तथा नियम अनुसार कारवाही समेत हुने सूचनामा उल्लेख गरिएको छ ।