डोटी, १७ भदौ : जिल्लाको जोरायल गाउँपालिमा जुवातास खेलिरहेका १२ जना पक्राउ परेका छन् । गाउँपालिकाको वडा नं २ स्थित मिल चौराहामा रहेको एक होटेलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरको हो । पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका वडा नंं. ६ को २४ वर्षीय लोकेन्द्र साउँदसहित १२ जनालाई बिहीबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुडरले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीको टोलिले उनीहरूलाई नगद १ लाख २२ हजार २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।