समाजवादीको युवा संघले पश्चिमी सीमा क्षेत्रबाट थाल्यो महाकाली मेची जागरण अभियान

कञ्चनपुर : सत्ता साझेदार नेकपा एकीकृत समाजवादी सम्बद्ध युवा संघ नेपालले आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरी पश्चिमी सीमाबाट महाकाली–मेची जागरण अभियान अभियान सुरु गरेको छ । महाकाली नदीमा स्नान गरी अभियान शुरु गरेको हो । अभियानका लागि संघको टोली बिहीबार साँझ महेन्द्रनगर पुगेको थियो ।

संघका केन्द्रीय अध्यक्ष नरेश शाहीले मातृभूमिको रक्षा गर्न गरिब अन्त्य बेरोजगारी हटाउनेदेखि भ्रष्टाचार रोकथाम गर्ने उदेश्यका साथ महाकाली मेची अभियान शुरुवात गरेको बताए । अभियान मेची पुगेर समापन गरिनेछ । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्लादेखि केन्द्रीय नेता कार्यकर्ता सहभागी भएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.