समाजवादी छाड्ने नेताहरु मुसा हुन्, ओलीले उतापट्टि छिराए : दीर्घ सोडारी

अत्तरिया : नेकपा एकीकृत समाजवादीका प्रदेश सहसचिव तथा सुदूरपश्चिम सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले समाजवादी छाडेका नेताहलाई मुसाको संज्ञा दिएका छन् । शुक्रबार अत्तरियामा आयोजित एक सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी शर्मा ओलीले केही मुसा भित्र्याएको भन्दै कटाक्ष गरेका छन । उनले समाजवदाी छाडेकाहरुलाई कम्युनिष्ट नभएको भन्दै सत्यको पक्षमा लाग्ने पार्टीका सच्चा मान्छे समाजवादीमै रहेको बताए ।
‘अस्तीमात्रै केपी ओली आएर केही मुसाहरुलाई उतापट्टि छिराए। अवसरवादी त्यता गएका छन । अवसरवादी, मुसाहरुलाई छोड्दिनुस्’, उनले भने ।
बुधबार महेन्द्रनगरमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य वीना बुढाथोकी, सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्री समेत रहेका प्रदेशसभा सदस्य तारा लामा तामाङ, समाजवादीका सुदूरपश्चिमका पूर्व अध्यक्ष विक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्द, सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीलाई एमालेमा प्रवेश गराएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.