अत्तरिया : धनगढी विमानस्थलमा एक यात्रु प्रहरीको टोलीबाट कुटिएका छन् । पाँच लाख नगद किन बोकेको भन्दै उनलाई प्रहरीले कुटेको आरोप लागेको छ ।
कञ्चनपुरको बेल्डाडी घर भएका नरेश गिरीलाई प्रहरीले कुटपीट गरेको हो । उनको आँखामा चोट छ । उनी शनिबार १२ बजेको श्री एअरलाईन्सबाट काठमाडौ जान थालेका थिए । प्रहरीले पैसा लिन नदिएपछि उनको जहाज पनि छुटेको छ ।
पीडित गिरीका अनुसार आफन्तलाई पैसा दिन बोलाउदाबोलाउदै जहाज छुट्यो । साँझको फलाइटमा टिकट मिलाउन खोज्न जाँदा प्रहरीको समूहले एक्कासी कुटपीट गरेको थियो । गिरीका अनुसार शुरुमा वरिष्ठ प्रहरी हवल्दार कृष्णबहादुर पाण्डेको टोलीले कुटपीट गरेका हुन। त्यसपछि अरु प्रहरीले पनि कुटपीठ गरे । मलाई श्री एअरलाइन्सको काउन्टरबाट कुटपीट गरेर टर्मिनल भवन बाहिर रहेको प्रहरी इन्चार्जको कोठामा लगेर पनि कुटियो । कुटेको कुरा बाहिर भनेपछि जेल हाल्ने धम्की दिएका छन् ।
मलाई प्रहरीलाई गाली गरेको भनेर कुटे, मैले गाली गरेको छैन , सिसिटिभी फुटेजमा हेरे पनि हुन्छ । कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले कसैलाई पनि कुट्न पाइदैन,,घट्ना बारे जानकारी लिइरहेको छु , गल्ती गर्ने प्रहरीलाई नियमावली अनुसार कार्वाही हुने बताए । गिरी बैदेशिक रोजगारीका लागि काठमाडौ जादै थिए ।