धनगढी,१९ भदौ : नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कैलालीले विभिन्न कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसको अवसरमा आइतबार बिहान धनगढी उपमहानगरपालिका वडा नम्बर ९ र १ को त्रिवेणी आर्यघाटमा वृक्षारोपण गरेको नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष खेमराज जोशीले बताए । यस्तै अध्यक्ष जोशीका अनुसार कैलालीको लम्कीमा रहेको साहारा घरमा १२० जनालाई फलफूल वितरण र गोदावरी नगर प्राथमिक समितिको आयोजनामा अत्तरियामा ३६ पिन्ट रक्तदान गरी निजामती कर्मचारी युनियन दिवस मनाएको हो ।
वृक्षारोपण कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रेम बहादुर भण्डारी प्रमुख अतिथि रहेका थिए भने,लम्कीचुहा नगरपालिकाकी प्रमुख सुशीला शाहीको प्रमुख आतिथ्यमा फलफूल वितरण कार्यक्रम र गोदावरी नगरपालिका नगर प्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा सुदूरपश्चिम अध्यक्ष धर्म देउवा, केन्द्रीय सदस्य त्रैलोक्य जोशी, पूर्व केन्द्रीय उपाध्यक्ष नारायण प्रसाद शर्मा ,पूर्व केन्द्रीय सदस्य पुष्पा भट्ट ,आधिकारिक ट्रेड युनियन अध्यक्ष विमल प्रकाश जोशी र जिल्ला कार्य समिति र युनियन कर्मीको उपस्थिति रहेको थियो ।