डडेल्धुरा : नेकपा एमालेले डडेल्धुरामा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ । मंसिर ४ गतेका लागि घोषणा गरिएको संसदीय निर्वाचनका लागि जिल्ला कमिटीको बैठकले आकांक्षी उम्मेदवारहरु सिफारिस गरेको हो ।
सिफारिस हुनेमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पठानसिंह बोहरा रहेका छन् । बोहरा सुदूरपश्चिम प्रदेश सभाका सांसद पनि हुन् । यस्तै प्रदेश (क) मा चक्रप्रसाद स्नेहि र (ख) मा गजेन्द्रबहादुर शाही सिफारिस भएका छन् । त्यस्तै बोहरा यसअघि सुदूरपश्चिममा भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका थिए । उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा (क) बाट समेत चुनाव जितेका थिए ।