बैतडी : नेपाली काँग्रेसबाट बैतडीमा प्रतिनिधि सभाका लागि १३ जना सिफारिस भएका छन् । मंसिर ४ मा हुन लागेको संसदीय निर्वाचनका लागि आइतबार काँग्रेस बैतडीले संघ र प्रदेशका आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
संघमा प्रत्यक्षतर्फ चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशबबहादुर चन्द, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्रसिंह ऐर, दिनेश भट्ट र शिवराज भट्ट सिफारिस भएका काँग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । सिफारिस भएकामध्ये सुरेन्द्रसिंह ऐर अधिवक्तासमेत हुन् । यस्तै प्रदेश सभाको क्षेत्र नं ‘क’ मा प्रत्यक्षतर्फ ८ जना र ‘ख’ बाट १८ जना सिफारिस भएका छन् ।