डडेल्धुरामा देउवा संग एमालेका बोहोरा लडने

धनगढी,२० भदौ : आगामी मंसिरमा हुने निर्वाचनमा डडेल्धुरामा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संग एमालेका पठानसिंह वोहरा प्रतिष्पर्धा गर्ने भएका छन ।
नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहोराको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेल्धुराबाट लड्ने तयारीमा छन् । यदि एमालेबाट बोहोरोले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ ।
एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज हुन् ।
यसैगरी एमालेले प्रदशेसभा (क) तर्फ चक्रप्रसाद स्नेही र (ख) तर्फ गजेन्द्रबहादुर शाहीको नाम सिफारिस भएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा कांग्रेसले भने यश अघि नै प्रतिनिधी सभामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रदेशमा क मा नेपाली काँग्रेस डडेल्धुराका सभापति भिमबहादुर साउँद र ख मा हाल सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोबिन्द वोहोराको नाम सिफारिस गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.