सुदूरपश्चिम भूकम्पको उच्च जोखिममा, विपद् न्युनीकरणमा सहकार्य गर्न आवश्यक : मन्त्री रावल

अत्तरिया, २१ भदौ : सुदूरपश्चिम प्रदेश भूकम्पको उच्च जोखिममा रहेकोछ । भुगर्भविदका अनुसार सुदूरपश्चिममा भूकम्प लामो समय भएको हुँदा जोखिममा रहेको बताएका छन् ।
सुदूरपश्चिम विगत लामो समय देखि भूकम्प नगएको र भूकम्पको इनर्जि जम्मा भएर बसीरहेकोले बेलैमा शतर्कता अपनाउनुपर्नेमा जोड दिएका छ । मंगलबार धनगढीमा विभिन्न संघ संस्थाको सहकार्यमा सुदूूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको प्रदेशको परिदृश्यस् भूकम्पमा आधारित प्रभाव आंकलन कार्यक्रममा यस्तो जोड दिएको हो ।
कार्यक्रममा भूगर्भविद् डा. दीपक चौलागाईले भूकम्पीय जोखिम न्यूनीकरणका लागि आपतकालीन, मध्यमकालीन तथा दीर्घकालीन कार्ययोजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए । उनले त्यहाँ रहेका निजी आवासहरुलाई बेलैमा इन्जिनियरिङ प्रविधि र प्रवलिकरणका प्रविधि प्रयोग गरेर बलियो नबनाए ठूलो जनधनको क्षति हुने बताए । उनले बेलैमा प्राकृतिक विपद्बाट बच्न सरकारले सुरक्षित आवास कार्यक्रम बनाएर उक्त क्षेत्रमा काम गर्न आवश्यक रहेको स्पष्ट पारे । सुदूरपश्चिमका क्षेत्रहरु बाढी, पहिरो लगायतको बहुप्रकोपीय जोखिममा रहेकोले त्यसबाट पनि बच्ने गरेर सरकारले कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
उनका अनुसार सुदूरपश्चिममा भूकम्पको जोखिममा सबै भन्दा बढी बझाङ जिल्ला रहेको छ । सुदूूपश्चिममा २०३७ सालमा बझाङ केन्द्रविन्दुभएर भुकम्प गएको थियो । यस्तै, बैतडी, अछाम, डडेल्धुरा र कञ्चनपुरका चुरे पहाड पनि त्यतिकै मात्रमा भुकम्पको जोखिममा रहेका छन् ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयके उपसचिव विश्वदीप वेस्राले प्रदेशमा विपद व्यवस्थापनका अवस्थाबारे जानकारी गराएका थिए भने जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी जिल्लामा हुने विपदमा जिल्ला प्रशासन कार्यालयले स्थानीय तह, रेडक्रमलगायतका संस्थासँग समन्वय गरी काम गरिरहेको जानकारी गराएको थिए । त्यस्तै, धनगढी उपमहानगरपालिकाका विपद शाखा प्रमुख लेखनाथ ओझाले विपद व्यवस्थापनका लाग नीतिगत कार्यविधि बनाएर धनगढीले काम गरिरहेको बताए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले विपद व्यवस्थापनको पूर्वतयारीमा लाग्नु पर्ने बताएकी थिइन् । उनले उद्धार गर्दा लक्षित वर्गलाई छुट्याएर वितरण गर्नुपर्ने बताएकी थिइन् । त्यस्तै, यूएनसीआरओका तेजमाया डंगोलले विपदका बेला महिला तथा बालबालिकालाई यौन शोषण तथा दुव्र्यवहार हुनबाट संरक्षण गर्नुपर्ने बताएकी थिइन । कार्यक्रममा नेपाल रेडक्रम सोसाइटीका लोकराज जोशी, मनिषराज तिमिल्सिना, चेतन साउँद, कृष्ण चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव गगन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्त्रालयका विष्णुदत्त अवस्थी गरेका थिए ।
कार्यक्रम नेपाल रेडक्रम सोसाइटी, यूएनडीपी, यूएन वमेन, यूएनसीआरओ, धनगढी उपमहानगनरपालिकाको सहकार्यमा भएको हो ।

विपद् न्युनीकरणमा सहकार्य गर्न आवश्यक : मन्त्री रावल
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा विपदको जोखिमयुक्त प्रदेशका रुपमा रहेको बताए । धनगढीमा मंगलबार सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सुदूरपश्चिम प्रदेशको परिदृश्यस् भूकम्पमा आधारित प्रभाव आंकलन कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रदेश जोखियुक्त रहेकाले भूकम्पको मात्रै नभई विपद सम्बन्धी सचेतना मुलक कामहरु अगाडि बढाउन आवश्यकता रहेको बताए ।


सुदूरपश्चिम तराई, चुरेदेखि लिएर महाभारत लगायत हिमालय महत्वपूर्ण भएपनि त्यहाँ भएको भूबनोट संरचनाहरु जोखिमपूर्ण रहेका विपदबारे गम्भिर भएर अगाडि बढनुपर्नेमा जोड दिए । प्रदेशका ८८ वटा स्थानीय तहमध्ये केही स्थानीय तहले विपद सम्बन्धी कामहरु गर्दै आएको उनले बताए । सूचाकका आधारमा केही किसानको बिमा समेत गरेकोे भन्दै उनले चालु आर्थिक वर्षसम्म १३ हजार समूहलाई बिमीत गर्न तयारीमा रहेको उनले बताए ।
अब घर बनाउँदा माटो परिक्षण गरेर मात्रै भवन निर्माण गर्नुपर्ने उनको भनाइ छ । विपदलाई न्युनीकरण गर्ने तिनै तहको सरकारले समन्वय गरेर अगाडि बढनुपर्ने उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.