डडेल्धुरामा देउवा विरुद्ध गठवन्धन बनाउने प्रयास

काठमाण्डौँ : नेकपा एमालेका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल ओली निवास वालकोटमा झन्डै तीन घण्टा भेटवार्ता भएको छ । भेटवार्तामा प्रमुख मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका विषयमा छलफल भएको छ ।

सो भेटमा एमाले र विपी काँग्रेससंगै निर्वाचनमा जाने र आपसी सहमतिमा उम्मेदवार टुंगाउने गरेर छलफल भएको छ । छलफल खास गरेर डडेल्धुरा जिल्ला केन्द्रीत भएको थियो । नेता मल्ल लामो समय नेपाली काँगेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा कार्यरत थिए ।

०७४ को चुनावमा प्रदेश सभामा डडेल्धुरामा काँग्रेसबाटै निर्वाचित भएका मल्लले गत स्थानीय तहको चुनावमा काँग्रेस छोडेका थिए । काँग्रेस जिल्ला सभापति समेत भइसकेका मल्ल अहिले देउवालाई कसरी हराउन सकिन्छ भन्ने रणनीतिमा छन् । त्यो रणनीतिमा एमालेलाई पनि सामेल गराउने उनको प्रयास छ ।

डडेलधुरामा ०७९ को चुनावको वडाको मतलाई आधार मान्ने हो भने कांग्रेसको २१७३५, माओवादीको १२८७८, एमालेको १०४४९, नेकपा (एकीकृत समाजवादी) को ५०४१, राप्रपाको ७१४, जसपाको १५६ मत छ । सो मतलाई आधार मान्दा सत्तारुढ दलको मत ४० हजार बढी छ । जवकी एमालेको १० हजार ४४९ मत मात्रै छ । डडेल्धुरामा यसपटकको स्थानीय तह चुनावमा पनि एमाले र विपी काँग्रेसवीच चुनावी गठवन्धन भएको थियो । तर सो गठवन्धनले कुनै पनि पालिका जित्न सकेको थिएन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.