Agni Offset Press

कैलाली क्षेत्र नम्बर ५ मा डिल्लीराज पन्त, प्रदेशमा प्रकाश देउवा

Aarati simant

धनगढी, ८ असोज : कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा डिल्लीराज पन्तलाई काँग्रेसले उम्मेदवार बनाउने भएको छ । पन्तको नाममा सहमति भएको दावी गरिएको छ ।

त्यस्तै यसअघि पन्त निर्बाचित कैलाली क्षेत्र नम्बरको ‘ख’ तर्फको प्रदेश सभामा नेपाली काँग्रेसले युवा नेता प्रकाश देउवालाई उम्मेदवार बनाउने भएको समाचार स्रोतले जानकारी दिएको छ । सङ्घ र प्रदेशमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा सहमति जुटिसकेको नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले बताए ।

नेपाली काँग्रेसले कैलाली क्षेत्र नम्बर ५ को ‘क’ तर्फको प्रदेश सभामा भने माओवादीलाई सघाउने भएको छ । ख मा भने काँग्रेसले उम्मेदवारी नदिने बताइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.