अत्तरिया : कैलालीको गोदावरीमा जीपले ठक्करदिंदा एक जना पैदल यात्रु घाइते भएका छन्। जिल्लाको गोदावरी धाम नजिकै जीपले ठक्कर दिंदा गोदावरी नगरपालिका–१ भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरी घाइते भएका हुन्। सोमबार बिहान बाजुराबाट धनगढीतर्फ आउँदै गरेको ग१ज ६८५५ नम्बरको जीपले चौधरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
घाइते चौधरीको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । जीप चालक बाजुराको बडीमालिका नगरपालिका–६ का २६ वर्षीय गणेश बडुवाल र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।