अत्तरिया : कैलालीको गोदावरी नगरपालिका– ४ बुढितोलामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उक्त भवनको शिलान्यास गरेका हुन । भवन शिलान्यास गर्दै मेयर भट्टले विद्यालयमा देखिएको भवन अभाव थोरै भए पनि केहिहद सम्म समाधान हुने विश्वास व्यक्त गरे ।

भवन आर्थिक वर्ष २०७८÷७९ को स्विकृत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अंतरगत ३६ लाखको लगानीमा निर्माण गर्न लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्ररोका मगरले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा वडा सदस्य शेर बहादुर घर्ती मगर, शिक्षक अविभावक समितिका अध्यक्ष राजबहादुर बिस्ट र अभिभावकहरुको सहभागिता रहेको थियो ।
