सुदूरपश्चिममा ट्राफिकको यात्रुसँग १ मिनेट कार्यक्रम

अत्तरिया, १० असोज : सुदूरपश्चिम प्रदेशमा दसैं तिहारका बेला सवारीसाधनमा तराई रुटमा पनि टाईम कार्ड प्रणाली लागु हुने भएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले बनाएको दशैं तिहार चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत कञ्चनपुर र कैलालीका लामो रुटमा टाईम कार्ड प्रणाली लागु गरेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयले महेन्द्रनगरदेखि चिसापानी र धनगढीदेखि चिसापानीसम्म चल्ने सवारीसाधनमा दसैं तिहारका बेला टाइम कार्ड लागु गरिएको जनाएको छ । यस्तै प्रदेश ट्राफिक प्रहरीले दशैं तिहार विशेष सुरक्षा योजना अन्तरगत सवारीसाधन चेकजाँचमा कडाई गर्नुका साथै लामो दुरीमा दुई जना चालक अनिवार्य गरेको छ । प्रहरीले ठाउँ–ठाउँमा यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ ।
कक्षमा खटिने प्रहरी कर्मचारीले एक मिनेट यात्रुसँग कार्यक्रम अन्तरगत उनीहरुले भोग्नुपरेको समस्याबारे जानकारी लिने तथा उचित परामर्श दिने काम गरिरहेका छन् । यात्रुसँग बढि भाडा लिएको, चालक र सहचालकले अमिल्दो व्यवहार गरेको पाइएमा ठाउँको ठाउँमै कारकाही गरिने चेतावनी समेत प्रदेश ट्राफिक प्रहरीले दिएको छ । विशेषगरी पहाडी रुटमा यात्रुको अत्यधिक चापका कारणले दुर्घटनाको जोखिम बढ्दो हुने भएकाले सवारीसाधनमा निगरानी बढाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.