सुदूरपश्चिममा काँग्रेसको समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस

धनगढी, ११ असोज : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि समानुपातिक तर्फ २२ जनाको नाम सिफारिस गरेको छ । काँग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्द सूचिमा २२ जनाको नाम छ ।

काँग्रेसले कैलालीबाट निर्वाचन आयोगमा बुझाएको सूचिमा तारक बुढाऐर, टीकाराम खनाल, यज्ञराज जोशी, गणेश देउवा, वीरबहादुर हमाल, अमरबहादुर विष्ट, प्रसिस महरा, राजु भट्ट जोशी, डम्मरी महरा ‘रक्षा’, तुलसी देवकोटा, सरस्वती खड्का, मधु भारती, आशाराम चौधरी, झेली राना, गीता चौधरी, रामकुमारी चौधरी, चमेली तामाङ कुमार टेलर, सन्तोष जैरु, ललिता सुनार र सुशीला बिक रहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.