अत्तरिया : कैलालीको धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनीहरुलाई सोमबार साँझ सडकबाटै अवैध लागुऔषध (चरेश जस्तो देखिने पदार्थ) सहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा कमल भुल, नविन दौल्याल र विनोद सिंह रहेका छन् । उनीहरुको साथबाट ७ सय ५० ग्राम लागुऔषध बरामद गरिएको थियो । प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।