अत्तरिया : नेपाली कांग्रेस डोटीले जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको छ। मंगलबार बसेको नौ वटै पालिकाका कांग्रेस नेतृत्वको बैठकले जिल्लामा गठबन्धन नगर्न केन्द्रीय कार्यसमितिलाई दबाव दिने निर्णय गरेको छ।
‘डोटी कांग्रेसको मर्मबिना केन्द्रीय कमिटी गएमा चुनाव प्रचार प्रसार र मतदान गर्ने कार्यमा पनि डोटी कांग्रेस नरहेको साथै डोटीका नौ वटै तहका पार्टी सभापति तथा प्रतिनिधिहरुको एक मत भएको हुँदा डोटी कांग्रेस गठबन्धनका विरुद्धमा रही केन्द्रीय नेतृत्वलाई दबाव सिर्जना गर्ने सर्वसम्मत निर्णय गरियो’ सो निर्णय पुस्तिकामा भनिएको छ। डोटीमा गठबन्धनबाट एकीकृत समाजवादीको तर्फबाट प्रेम आले लड्ने चर्चा रहेको छ ।