बाजुरामा मन्दिरभित्र छिरेको भन्दै दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

अत्तरिया  : बाजुरामा मन्दिर प्रवेश गरेको निहुँमा एक जनामाथि कुटपिट गरिएको छ। जिल्लाको त्रिवेणी नगरपालिका–७ को नाटेश्वरी मन्दिरमा नवरात्रको पुजा गर्न बसिरहेका बेला बुढिगंगा नगरपालिका घर भएर कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि कुटपिट गरिएको हो।

त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष जुद्धबहादुर अयडीको संलग्नतामा आफूमाथि मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट गरिएको भन्दै सुनारले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। वडाध्यक्ष अयडीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.