लागुऔषधसहित कैलारीका एक जना पक्राउ

अत्तरिया : कञ्चनपुरमा लागुऔषधसहित कैलालीका एक जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-२ बैजुडाँडाबाट सोमबार राति ८ बजेतिर कैलालीको कैलारी गाउँपालिका-११ घोरसुवा बस्ने राजु चौधरी पक्राउ परेका हुन्।

उनलाई ७.६३ ग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.