लक्ष्मण थारुको उम्मेदवारी खारेज

अत्तरिया : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी बदर गरेको हो । उनीविरुद्ध फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय हुने फैसला गरेको भन्दै त्यहाँका स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका थिए । थारुलाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालत कैलालीबाट सजाय भएको र उच्च अदालतले कर्तव्य ज्यान मुद्दामा जन्म कैदको सजाय तोकेकाले उनको उम्मेदवारी बदर हुने निर्णय निर्वाचन कार्यालयले गरेको हो ।

नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनामा मुछिएका लक्ष्मण थारुलाई उच्च अदालत दिपायलले २ पुस २०७७ मा जन्म कैदको फैसला सुनाएको थियो । त्यसअघि जिल्ला अदालत कैलालीले थारुलाई तीन वर्ष कैद सजाय तोकेको थियो । उनी पुर्पक्षमै तीन वर्ष भन्दा बढि बसेर छुटेका थिए । जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका थारुलाई उच्च अदालतले भने जन्म कैदको फैसला सुनाएको थियो । उक्त फैसलापछि उनी फरारको सूचीमा छन् । उनले २३ असोजमा वारेसमार्फत् उम्मेदवारी दिएका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.