धनगढीमा लागुऔषधसहित युवती पक्राउ

अत्तरिया, २८ असोज : धनगढीमा लागुऔषधसहित एक युवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१२ बस्ने वर्ष ३२ की उषा कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार शुक्रबार धनगढी–२ त्रिनगर ब्यारेलबाट पक्राउ परेकी उनको साथबाट ४ ग्राम ८ सय मिलीग्राम ब्राउन सुगर फेला परेको छ । पक्राउ परेकी कुँवरमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.