धनगढी, २८ असोज : फोहोर व्यवस्थापनका लागि पहिलो चरणमा १४ स्थानमा कुहिने र न कुहिने सामग्री राख्न डस्टविन राखिने धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले बताएका छन् । फोहोर संगै प्रयावरण स्वच्छतामा पनि उप महानगरले काम गर्ने उनले बताएका छन । त्यसका लागि सरसफाई अभियानता केपि खनालसं समेत सम्झौता भएको छ ।
केपि खनालले स्कुलमा क्लव गठन गरी विद्यार्थीलाई सरसफाई गर्न अभिप्ररित गर्ने खालका सन्देश प्रवाह गरिरहेका छन् । ‘दिगो फोहोर व्यवस्थापन, सभ्यताको पहिचान’ भन्ने नारा सहित सुरु भएको फोहोर वयवस्थापन कार्यक्रम पहिलो चरणमा धनगढी–१ बाट सुरु हुने श्रोत व्यवस्थापन प्रालिका व्यवस्थापक कृष्ण भण्डारीले बताए । उनका अनुसार पहिलो चरणका लागि वडा नम्बर १ देखि ८ नम्बर वडा र १३ नम्बर वडालाई छनौट गरिएको भएपनि वडा नमबर–१ बाट कार्यक्रम सञ्चालन गरिने छ ।
पहिलो चरणमा वडा सरसफाई समिति गठन गरी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने छ । दोश्रो चरणमा वडामा सञ्चालन गरिएका समिति र टोल विकास समिति संग अभिमुखिकरण गरिने, तेश्रो चरणमा फोहोरको क्षमता विकासका लागि व्यवहारिक छलफल गरिने छ ।
चौथो चरणमा फोहोर संकलकलाई फोहोर वर्गिकरण सम्बनधी तालिम प्रदान गरिने र त्यस पश्चात फोहोर संकलन कार्यको सुरुवात गरिने छ । संकलन गरिएको फोहार मध्य कुहिने सामग्रीलाई मलका रुपमा प्रयोग गरिने, कागजलाई प्रशोधन केन्द्रमा पठाइने र प्लास्टिक, सीसा तथा बोतललाई पुनः प्रयोगका लागि विक्रि गरिने छ । फोहोरलाई घर भित्र बाट नै वर्गिकण गरीने छ ।
सम्बन्धित पाेस्टहरु