डडेल्धुरामा चुनाव बहिष्कार गर्ने कांग्रेस वडा समितिको निर्णय

अत्तरिया : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गरेको छ। जिल्लाको भागेश्वर गाउँपालिका–५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको जनाएको छ।

वडाको समग्र विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले चुनाव बहिष्कार गर्ने र कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेका छन्। ‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा वडा कमिटीले समग्र वडाको विकासको लागि राखेका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएको अवस्थामा चुना बहिष्कार गर्ने कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतबाट पारित गरिएको जानकारी गराइन्छ,’ थापामगरले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.