धनगढी : पूर्वमन्त्रीद्वय प्रेमबहादुर आलेर वीरबहादुर कलायरबीच चुनावी सहमति भएको छ। उनीहरुबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको हो। उनीहरु निकट नेताका अनुसार आलेले कैलाली र बलायरले डोटीमा सघाउने सहमति गरिएको छ। नेता द्वयले संयुक्त फोटो समेत खिचेका छन ।
आले गठबन्धनका तर्फबाट डोटी तथा बलायर कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन्। उनीहरु मिलेर चुनाव जसरी पनि जित्ने रणनीतिमा छन्।