अत्तरिया : बझाङमा पुरानो दुस्मनीलाई लिएर सामूहिक झडप भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ६ पाटादेवलको खड्का परिवारमा बिहीबार सामूहिक झडप भएको प्रहरीले जनाएको छ।
सामूहिक झडपमा एक पक्षका २\२ जना भाइते भएका छन्। उनीहरुको जिल्लामा उपचार सम्भव नभएपछि धनगढी ल्याइएको छ। घाइते हुनेमा बसन्त खड्का, त्रिभूवन खड्का, प्रकाश खड्का र दीपक खड्का रहेका जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ। प्रहरीले पुराना दुस्मनी भनेपनि स्थानीयले भने आसन्न चुनावलाई लिएर झडप भएको दाबी गरेका छन्।
एमाले र काँग्रेसका समर्थक बिच सामूहिक झडप भएको उनीहरुले बताएका हुन्।