अत्तरिया : कैलाली कारागारमा लागुऔषधको ओसाारपोसारमाका संलग्न रहेको आरोपमा एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । असोज ३१ गते धनगढी उपमहानगरपालिका–७ बाट प्रहरीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको थियो ।
कैलारी गाउपालिका–६ वनकटुवा बस्ने ३३ वर्षीय यादवकुमार चौधरीले भारतबाट लागुऔषध ल्याउनेक्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । चौधरीलाई १३ ग्राम लागुऔषधसहित प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा उनले कैलाली कारागारमा कार्यरत प्रहरी सहायक हवल्दार अपिल भाट पनि लागुऔषध ओसारपोसारमा संलग्न रहेको आरोप लगाए ।
उक्त आरोपछि सहायक हवल्दार भाटलाई निलम्बन गरी लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनले यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको बताएका छन् । सहायक हवल्दारसँगै कारागारका चौकीदार बसन्त बुढाको नामपनि यो मुद्दामा मुछिएको छ ।