अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय सरेको छ । गोदावरी नगरपालीका नजिकै ईलाका हुलाक कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालय गेटा मेडिकल कलेजको पुर्वी गेटमा,गेटा आँखा अस्पताल नजीकै रहेको भवनमा सरेको हो ।
एक सुचना निकाल्दै क्षेत्र नम्बर ४ का निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले मतपत्रको व्यवस्थापन,जनशत्ति व्यवस्थापन तथा मतगणना समेतको कार्य संचालनकोलागी हालको भवन अपर्याप्त भएकोले कार्यालय सारीएको बताएका छन् ।