Agni Offset Press

मूल्य निर्धारण नगरिँदा सस्तोमा धान बेच्दै

Aarati simant

टीकापुर, १६ कात्तिक: कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आपूmलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्न किसान बाध्य छन् ।

कैलालीका किसान यस वर्ष न्यून मूल्यमा धान बेच्न बाध्य भएका हुन् । सरकारले अहिलेसम्म धानको समर्थन मूल्य निर्धारण नगर्दा सस्तोमा धान बेचिरहेको चित्रबहादुर चौधरीले बताए । “मूल्य निर्धारण नभएका कारण हामी सस्तोमा धान बेचिरहेका छौँ”, उनि भन्छन्, “धान बेचेर हिउँदे खेतीका लागि आवश्यक मल, बीउ र जोताइ खर्च जोहो गर्नुपर्छ । त्यसैले धान दाउने बित्तिकै बेच्नुपर्छ तर सरकारले मूल्य तोकेको छैन ।”

स्थानीय गल्ला व्यापारी तथा धान खरिद गर्ने व्यवसायीले धान प्रतिक्विन्टल रु दुई हजार दुई सयदेखि रु दुई हजार तीन सयसम्ममा खरिद गरिरहेका छन् । सरकारले समर्थन मूल्य नतोकेको र धान राम्रोसँग नसुकेको कारण सुरुआती चरणमा उक्त मूल्यमा धान खरिद गरिरहेको व्यापारी नवीन श्रेष्ठले बताए ।

सरकारले धान सस्तो मूल्यमा बेचेर सकिने बेला समर्थन मूल्य निर्धारण गर्ने भएकाले धान उत्पादनको लागत मूल्यभन्दा सस्तोमा धान बेच्नुपरेको किसानको गुनासो छ । सरकारले अहिलेसम्म कुनै जानकारीसमेत नगराएको र मन्त्रिपरिषद्को निर्णयले धानको समर्थन मूल्य निर्धारण गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयमा परिपत्रपछि कार्यान्वयन हुने गर्दछ । तर अहिलेसम्म कुनै जानकारी नभएको नेपाल खाद्य संस्थान सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढीका प्रमुख एन्जिला बस्नेतले बताए ।

“मूल्य निर्धारण गरिएको छैन, निर्धारण भएपछि हामीले धान खरिद डिपो लगाउने गर्दछौँ”, उनले भने “अहिले व्यापारीले आ–आफ्नै तरिकाले धान खरिद गरेका छन् ।” गत वर्ष टीकापुरमा कात्तिक १८ गतेदेखि खाद्य व्यवस्था तथा कम्पनीले मोटा धान प्रतिक्विन्टल रु दुई हजार सात सय ३५ र मध्यम धान रु दुई हजार आठ सय ८५ मा खरिद सुरु गरेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.