धनगढीमा चल्यो डोजर

धनगढी, १६ कात्तिक : धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार भित्र रहेका संरचना खाली गर्ने अभियान सुरु गरेको छ । बुधबार देखि उपमहानगरले डोजर चलाउन सुरु गरेको हो । धनगढीको सेती प्रादेशिक कार्यालयबाट पहिलो पटक संरचना खाली गर्न सुरु गरेको छ ।
उपमहानगरपालिकाले वडा नम्बर १ कैलाली पुलदेखि वडा नम्बर ८ क्याम्पस चोक सडक छेउका संरचना हटाउन उपमहानगरले बताएको छ । ‘भदौमा सडक क्षेत्राधिकार खाली गर्नका लागि ४५ दिने सुचना जारी गरेको हो । त्यस लगत्तै दसैँ, तिहार परेको हुँदा डोजर लगाउन सुरु नगरेको हो ।’ मेयर गोपाल हमालले भने । ‘पहिलो चरणमा सरकारी कार्यालयहरुमा डोजर चलाएको हो । दोस्रोमा संघसंस्था त्यसपछि मात्र नीजि संरचना भत्काईने छ ।’ उनले सके सम्म सबैलाई संरचना आफै खाली गर्न समेत आग्रह गरेका छन् । ‘आफैले सडक खाली गरेमा क्षति कम हुन्छ’, उनले भने । ‘डोजरले भत्काउदा धेरै क्षति हुने भएको हुँदा समयमै सडकको क्षेत्राधिकार खाली गरौँ ।’
भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनिलाई पत्राचार गरेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.