धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ‘ख’ का प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार क्षितिज भण्डारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको निङलाशैनी मन्दिर पुगेर कसम खाएका छन् । भण्डारीले बुधवार मन्दिरमा पुगेर चुनाव जितेर गएमा कुनै पनि सरकारी सेवा सुविधा, तलब भत्ता नलिने कसम खाएका हुन् ।
भण्डारीले आफू जनताको सेवा गर्नकै लागि निर्वाचन लडिरहेको भन्दै कुनै पनि सरकारी सेवा सुविधा नलिने कसम खाएका हुन् । विगतदेखि नै आफूले सामाजिक काम गर्दै आएको र आगामी दिनमा पनि संसदमा जनताकै सेवाका लागि सक्रिय हुने भन्दै आफूले मन्दिरमा पुगेर कसम खाएको बताए ।धनगढीका अन्य मन्दिरहरुमा पुगेर पनि कसम खाने उनले बताए ।