डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एंवम् प्रधानमन्त्री शेरबहादुर देउवा चुनावी प्रचारका लागि आज गृहजिल्ला डडेल्धुरा जाँदैछन्। आसन्न प्रतिनिधि सभा चुनावमा डडेल्धुराबाट उम्मेदवार समेत रहेका देउवा प्रचारका लागि डडेल्धुरा जान लागेका हुन।
उनी बुधबार कैलालीको धनगढी पुगेका थिए। तीन दिन गृहजिल्ला बस्ने प्रधानमन्त्री देउवाले त्यहाँ हुने ७ आमसभालाई सम्बोधन गर्नेछन्। नेपाली कांग्रेस डडेल्धुराका कार्यवाहक सभापति डिल्लीराज जोशीका अनुसार बिहीबार १२ः३० बजे अमरगढी नगरपालिकास्थित बसपार्कमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै, देउवाले कात्तिक १८ गते बिहान ११ः३० बजे नवदुर्गा गाउँपालिका बेलापुर खुनी, सोहीदिन दिउँसो २ः१५ बजे गन्यापधुरा गाउँपालिका बडालमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कात्तिक १९ गते बिहान ११ बजे अजयमेरू गाउँपालिका भद्रपुर, दिउँसो २ बजे भागेश्वर गाउँपालिका रूपालमा हुने आमसभालाई सम्बोधन गर्ने पुग्नेछन्, देउवा।
यस्तै, कात्तिक २० गते बिहान ११ बजे आलिताल गाउँपालिका गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिका जोगबुढामा देउवाको आमसभा राखिएको छ।
देउवा वि।सं। २०४८ सालदेखि डडेल्धुराबाट निरन्तरर चुनाव जित्दै आइरहेका छन्। उनले चुनावी घरदैलो भने गर्ने छैनन्। यसपटक सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदान उत्रिएका देउवा सुरक्षित छन्।