अत्तरिया : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढी आउँदै छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न उनी बिहीबार धनगढी आउन लागेका हुन् । एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीका अनुसार ओलीले आज र भोलि धनगढीमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको छ ।
एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ । एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ (दार्चुला) बाट चुनावी अभियान सुरु गरिने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए ।