डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाको स्वागतमा प्रतिस्पर्धी सागर ढकाल

अत्तरिया : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन् ।

बुधबार धनगढी पुगेका देउवा बिहीवार दिउँसो हेलिकोप्टरमार्फत डडेल्धुरा पुगेका हुन् । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । अहिले जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा पुगेका हुन् ।

सदरमुकाममा आयोजित सभा स्थलमा प्रधानमन्त्री देउवा संगै चुनावि प्रतिस्पर्धा गरिरहेका सागर ढकाल पनि देउवाको स्वागतका लागि हातमा माला समाएर उभिएका छन् । उनको त्यो फोटो सामाजिक संजालमा भाइरल भएको छ । प्रधानमन्त्री गृहजिल्ला आएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । देउवा चार दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.