डडेल्धुरामा एमालेको समर्थन स्वतन्त्र उम्मेदवार शाहीलाई

डडेल्धुरा : नेकपा एमाले डडेलधुराले प्रतिनिधि सभा सदस्य चुनावमा स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गर्ने भएको छ । नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेल्धुरामा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएको थिएन । तर मल्लले प्रदेश सभामा एमालेलाई समर्थन नगरी आफ्नै उम्मेदवार उठाएपछि तालमेल भाँडिएको थियो ।

त्यसैले एमालेले आफ्नै पूर्व जिल्ला नेता शाहीलाई समर्थन गर्ने निर्णय गरेको हो । एमाले डडेलधुराका अध्यक्ष प्रेमबहादुर बोहोरा तथा सचिव शिवराम ताम्राकारले संयुक्त विज्ञप्ति निकाल्दै एमालेमाथि भइरहेको चौतर्फी घेराबन्दीलाई परास्त गर्न शाहीलाई समर्थन गरिएको उल्लेख छ ।

डडेल्धुरामा शाहीसहित नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कांग्रेस वीपीका मल्ल, जनता समाजवादी पार्टी नेपालका श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द खडायत, स्वतन्त्रबाट सागर ढकाल, कर्णसिंह रावल तथा लालबहादुर कठायत उम्मेदवार छन् । प्रतिनिधि सभामा आफ्नै उम्मेदवार नभए पनि एमालेले प्रदेश सभा १ मा पठानसिंह बोहोरा र २ मा गजेन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.