धनगढी : नेपाली काँग्रेस पार्तीका नेता डाक्टर प्रकाशशरण महतले ८० भन्दा बढी क्षेत्रमा विजयी हुने बताएका छन् । पार्टीको प्रवक्ता समेत रहेका नेता महतले शनिबार धनगढीमा पत्रकार सम्मेलन उनले काँग्रेसको भागमा परेका क्षेत्रहरुमा ८० भन्दा बढीमा विजयी हुने दाबी गरेका हुन् ।
‘उहाँहरुको बहुमत आउने कुनै चान्स छैन । उहाँहरुको बहुमत थियो । पार्टी एक गर्न सक्नु भएन् । केको लागि मत माग्ने रु दिएको म्याण्डेट पाँच वर्ष पूरा गर्न सक्नु भएन । दुई पटक संसद विगठन गर्नुभयो । हामी ९१ मा अधिकाँसमा विजयी हुन्छौ । समानुपानीकमा पनि मत प्रतिशत हाम्रो बढी हुन्छ,’ उनले भने ।
काँग्रेसका केन्द्रिय सदस्यसमेत रहेका महतले मंसिर ४ गतेको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा बहुमत आउने दाबी गरेका छन् । देशब्यापी गठबन्धनका पक्षमा जनलहर रहेको बताउदै एमाले अध्यक्ष ओलीले गर्न नसकेका काम गठबन्धनले गर्ने महतको दाबी छ । सबै क्षेत्रमा गठबन्धनका दलहरुले एकले अर्कालाई सहयोग गर्नुपर्ने उनले बताए । ओलीले कामभन्दा बढी गफ दिएको उनको आरोप छ। बिगतको सरकारले देशमा स्थिरता कायम गर्न सकेन् । स्पष्ट बिदेश नीति बनाउन सकेन् । जनताको जनमतको कदर गर्न सकेन् तसर्थ एमालेप्रति जनतामा निराशा छाएको छ, उनले भने ।’
नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र अनुसार काम हुने दाबी उनको छ । मंसिर ४ को निर्वाचनपछि काँग्रेस ८० भन्दा बढी सिटमा विजय हुँदै ठुलो दल बन्ने उनको भनाई थियो ।
सम्बन्धित पाेस्टहरु