धनगढी,१९ कात्तिक : काठमाडौँको एशिएन व्यवस्थापन कलेज स्थानान्तरण भएको छ । यस अघि राजधानी काठमाण्डौँको किर्तिपुर मा रहेको थियो । २०६४ सालमा त्रिभुवन विश्वविद्यालयसँग समन्वय गरेर स्थापना गरिएको सो कलेज धनगढीबाट पनि सञ्चलनमा आएको हो । शनिवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि सो बारे जानकारी दिएको हो ।
सुदूरपश्चिमको शिक्षाको अवस्थालाई हेरेर सुदूरको कुनाबाट एक्काइसौँ शताब्दीको युग सुहाउदो आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले धनगढीबाट पनि मानविकी सङ्काय अन्तरगत सामाजिक कार्य र आमसञ्चार जस्ता विषयहरू अध्यापन गराउने कलेजका अध्यक्ष रमेश पन्तले बताए ।
