धनगढी : धनगढीको लक्ष्मीनारायण मन्दिरका भौतिक संरचनामा उप–महानगरको डोजर चलेको छ। कैलालीपुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार उप–महानगरपालिकाले सडकको क्षेत्राधिकार खाली गर्दैछ। धनगढी– १ एलएनचोकमा रहेको लक्ष्मीनारायण मन्दिरका संरचना शनिवार भत्काएको हो ।
कैलालीपुलदेखि क्याम्पस चोकसम्मको सडक विस्तार गर्ने योजनाअनुसार उप–महानगरपालिकाले सडकको क्षेत्राधिकार खाली गर्दैछ।
बिहीबार सेती प्रादेशिक अस्पतालका संरचना भत्काएको उपमहानगरपालिकाले शनिबार मन्दिरका संरचना भत्काएको हो।

धनगढीको मुख्य सडकदेखि १५ मिटर दायाँ र १५ मिटर बाँया गरी भौतिक संरचना खाली गर्दै आएको छ। उप–महानगरपालिका स्रोतका अनुसार आइतबार त्रिनगर माध्यामिक विद्यालयका संरचनामा डोजर चल्नेछ। उप–महानगरपालिका स्रोतका अनुसार आइतबार त्रिनगर माध्यामिक विद्यालयका संरचनामा डोजर चल्नेछ।